'काठमाडौँ रि' नामको पुनर्बीमा कम्पनीको तयारी अन्तिम चरणमा, ३ अर्बको आईपिओ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 12:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अर्को पुनर्बीमा कम्पनी स्थापनाको तयारी भएको छ।  प्रस्तावित काठमाडौँ रि इन्स्योरेन्स कम्पनीको तयारी अन्तिम अवस्थामा पुगेको हो। 

कम्पनीको छोटकरी नाम काठमाडौँ रि हुने तथा अधिकृत पुँजी २० अर्ब हुने तय भएको छ।  त्यस्तै जारी पुँजी १० अर्ब र तत्कालको चुक्ता पुँजी ७ अर्ब हुने तय भएको छ  ।  कम्पनीमा संस्थापक र साधारण शेयरको संरचना ७०:३० रहने छ।  संस्थापकतर्फको ७० प्रतिशतमा ४० प्रतिशत संस्थागत लगानीकर्ता र ३० प्रतिशत व्यक्तिगत लगानीकर्ता हुने तय भएको छ।  यस हिसाबमा कम्पनीले सर्बसाधारणलाई ३ अर्बको आईपिओ निष्काशन गर्ने छ।  

त्यस्तै ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिने गरि पत्राचार भईसकेको बताईएको छ। कम्पनीको संचालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्बसाधारण र १ जना स्वतन्त्र संचालक गरि कुल ७ जना संचलाक रहने तय भएको छ।  

कम्पनीको प्रारम्भिक योजनाकार तथा संस्थापकहरुमा  देवेन्द्र प्रताप शाह, महेश गुरागाई, रमेश कुमार भट्टराई, श्री चन्द्र भट्ट लगायत रहेका छन्।  देवेन्द्र प्रताप शाह बीमा समितिका पूर्व अध्यक्ष हुन्। उनी नेपाल बैंक तथा कृषि विकास बैंकका सीइओ समेत भईसकेका छन्

त्यस्तै महेश गुरागाई नेपाल पुनर्बीमा कम्पनीका पुर्व अध्यक्ष हुन्। उनी नेपाल धितोपत्र बोर्डका पुर्व संचालक समेत हुन्  रमेश कुमार भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ छन् भने श्री चन्द्र भट्ट ज्योति विकास बैंकका सीइओ छन् 

प्रस्तावित कम्पनीले बीमा समितिको नीति निर्देशन भित्र रहेर छिट्टै प्रारम्भिक सहमतिको लागि बीमा समितिमा दर्ता गर्ने तयारी भईरहेको जनाएको छ । दक्ष जानशक्ति ब्यबस्थापन, विदेशी पुनर्बीमा कम्पनीको सहभागिता र ब्यबसायको सुनिश्चितता गरेपछि प्रारम्भिक सहमतिको लागि जाने बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved