बीमा संस्थानको शाखा चाबहील र सूर्यविनायकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 04:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थान Rastriya Beema Sansthan ले काठमाडौंको चाबहीलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । 

संस्थानका प्रशासक कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताएका छन् । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमशः बढाउदै लाने कार्यमा संस्थान क्रियाशील रहेको उनको भनाई छ । 

संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार शुरु हुने जनाएको छ । यो सँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या चार पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved