अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2021 | 07:23:39 PM मा प्रकाशित

अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रय बीमा कम्पनी लिमिटेडले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

राष्ट्रय बीमा कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा व्यवसायलाई अभिबृद्धि गर्न देशभर छरिएर रहेका १२९ क्रियाशील÷सक्रिय अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै अभिकर्ताहरुका कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई सर्वसाधारणसम्म पुर्याउन महत्वपूर्ण योगदान पुगेको बताए। 

आगामी दिनमा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ताहरु उत्पादन गरी व्यवसाय बृद्घिमा टेवा पुर्याउने कम्पनीको लक्ष्य रहेको बताए।

पाँच दशक लामो पृष्ठभूमि भएको कम्पनीले बीमा व्यवसाय विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष उपाध्यायले प्रभावकारितामा आइपरेका प्रारम्भिक चरणका कतिपय जटिलताका गाँठा फुकाउने काम पनि भइरहेको बताए।

कम्पनीले आफ्नो उद्देश्यअनुरुप बीमा व्यवसायका माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएका बचतहरुलाई पूँजीका रुपमा परिचालन गर्न कम्पनी क्रियाशील रहेको भन्दै उनले कर्पोरेट ढाँचामा व्यवसायिक जोखिमसँग सम्बद्घ परम्परागत बीमा व्यवसायका साथै सबैखाले आर्थिक गतिविधिसँग बीमा व्यवसायलाई गाँस्दै जाने कामले गति लिन थालेको बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा डिल्लीराज अर्यालले अभिकर्ता कम्पनीको स्थापनादेखि खडा भएका पिलर भएको भन्दै अभिकर्तालाई सम्मानको परम्परालाई निरन्तरता दिंदै आएको बताए।

सरकारको नीति तथा कार्यक्रमसँग तादम्यता हुनेगरी सार्वजनिक सेवा प्रदान गर्नु र निजी तथा विदेशी कम्पनीहरुसँग प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको उनले बताए।

कम्पनीका मुख्य व्यवस्थापक सुभास कोइरालाले अभिकर्ता नै बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै व्यवसाय अभिबृद्घिमा उनीहरुको भूमिका उल्लेख्य रहेको बताए। कम्पनीले शाखा विस्तार गर्न थालनी गरेको जानकारी दिंदै उनले यसै वर्ष छ शाखा तथा उपशाखा सञ्चालन गरेको बताए। 

कार्यक्रममा कम्पनीमा आर्थिक वर्ष २०७६र७७ मा बीमा व्यवसाय प्रदान गर्ने उत्कृष्ट १० जना अभिकर्ताहरुलाई नगद पुरस्कार, एक लाख रुपियाँको दुर्घटना बीमा, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सम्मानित हुने उत्कृष्ठ १० जना अभिकर्ताहरुमा उत्तमबहादुर ऐर, बलराम श्रेष्ठ, विमल घिमिरे, नारायण गिरी, ऋषीराज पन्त, कविता घिमिरे, विरेन्द्र बहादुर शंकर, सरिता कुमारी जोशी, जानकी कुमारी ओझा, देबेन्द्र मैनाली हुनुहुन्छ । यसैगरी प्रत्यक्ष बीमा अन्तरगत सम्मानित हुने अभिकर्तामा सदिक्षा न्यौपाने, लक्ष्मण नेपाल, स्व। नवराज राउतकी छोरी सृष्टी राउत रहेका छन्।

सो अवसरमा पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगाना, पुरस्कृत अभिकर्तामध्येबाट विमल घिमिरेलगायतले पनि आफ्ना शुभकामना मन्तव्य राखेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved