प्रदेश १ मा महालक्ष्मी लाइफको सम्पति शुद्धिकरण निवारण तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 01:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले प्रदेश १ मा सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २४ गते सोमबार इटहरीको होटल गोर्खामा  तालिम सम्पन्न गरेको छ।

तालिममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको कम्पनीले जनाएको छ। अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकी हुन्।

तालिमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

चैत्र महिनामा नेपालगंज र पोखरामा यस सम्बन्धी तालिम प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved