बिग मर्जरबाट किन पछाडी हट्यो शिखर इन्स्योरेन्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 11:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited बिग मर्जरबाट पछाडी हटेको छ । अन्य निर्जीवन बीमा कम्पनीसँग मर्जरको लागि विभिन्न चरण छलफल गरेको शिखर अन्तंत: मर्जरबाट नै पछाडी हटेको हो । 

शिखरले मर्जरको लागि एनएलजि इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्ससँग छलफल गरेको थियो । ति मध्ये पनि हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जको लागि सकारात्मक छलफल भई प्रक्रिया धेरै अगाडी बढेको स्रोतको दाबी छ । स्रोतका अनुसार हिमालयनमा  वित्तीय सुशासनमा अब्बल देखिएको र आन्तरिक ब्यबस्थापन राम्रो देखिएकोले शिखरको चाहना हिमालयनसँग मर्ज गर्ने थियो । त्यसपछि अन्य दुईसँग पनि मर्ज गर्ने योजनामा शिखर थियो । बिग मर्जर गरेर रोल मोडल बन्दै अन्य क्षेत्रमा बजार विस्तार गर्ने इच्छा थियो ।  

तर हाल भने शिखर मर्जरबाट पछाडी हटेको हो । स्रोतका अनुसार बीमा समितिमा नयाँ नेतृत्व आएको र समितिले फेरी नयाँ कम्पनीको लागि लाइसेन्स बाड्न सक्ने भएपछि शिखर पछाडी हटेको हो । फेरी नयाँ लाइसेन्स दिएर कम्पनीको संख्या बढाउने हो भने मर्ज गरेर संख्या घटाएको औचित्य पुष्टि नहुने निष्कर्षमा शिखर पुगेको बताईएको छ । संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेकोले मर्जर मार्फत संख्या घटाएर देशकै अग्रणी र ठूलो निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित हुने शिखरको चाहना थियो । मर्जरको सुरुवात आफुले गरेपछि अन्य कम्पनी पनि मर्जमा जाने शिखरको विश्वास थियो । 

तर थप लाइसेन्स वितरण हुने सम्भावना बढेपछि शिखर योजनाबाट नै पछाडी हटेको हो । सोहि कारण शिखरले साधारणसभाबाट हकप्रद प्रस्ताव पनि पारित गराईसकेको छ ।  

बीमा समितिले थप लाइसेन्स नदिने विषयमा स्पष्ट पारी विश्वास दिलाएको खण्डमा शिखरले पहिलेकै योजना अनुसार बिग मर्जरलाई अगाडी बढाउने बताईएको छ ।  तर त्यसको लागि शिखरले थप कम्पनीलाई लाइसेन्स नदिने विषयको सुनिश्चितता खोजेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved