महालक्ष्मी लाइफद्वारा पहिलो पटक ५ लाखको मृत्यु दाबी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 03:40:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company ले पहिलो पटक ५ लाखको मृत्यू दाबी रकम भुक्तानी गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ४ स्थित रेशम माझीका परिवारलाई सो रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

५ लाखको जीवन हेरचाह बीमा गरेका माझीका परिवारलाई कम्पनीका एक नम्वर प्रदेशका उप क्षेत्रीय प्रबन्धक गुञ्जन थापा र कानेपोखरी गाउँपाकिलाका प्रमुख ताराबहादुर काफ्लेले संयुक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । 

बिमा बापत पहिलो बिमाशुल्क तिरेको १२ दिनपछी माझीको मृत्यू भएको थियो । करेन्ट लागेर मृत्यु भएका माझीका परिवारलाई ५ लाखको पहिलो दाबी भुक्तानी दिएको महालक्ष्मी लाइफले अब प्रत्येक तिन महिनामा १२ हजार ५ सयका दरले १४ वर्षसम्म बच्चालाई पढाई खर्च बापतको रकम प्रदान गर्नेछ । साथै बीमा अवधी समाप्त भएपछि पुनः नगद ५ लाख र बोनश रकमसमेत भुक्तानी  दिइने कम्पनीले जनाएको छ । 

नेपालकै कान्छो जीवन बीमा कम्पनीका रुपमा रहेको महालक्ष्मी लाइफले साथी कम्पनीसँग बजारको आवश्यक्ता अनुसारको एकपटक मात्रै थोरै पैसा तिर्दा पनि सम्पुर्ण जोखिम बहन गर्ने लगानी फिर्ता म्यादी बीमा, बिमाङ्कको ३ गुणासम्म जोखिम बहन गर्ने बार्षिक धनफिर्ता जस्ता बीमा योजनालगायत बिमा गर्दा अनिवार्य डब्बल भुक्तानी दिइने डब्बल जस्ता आकर्षक बिमा योजना मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved