'ज्योति लाइफले बोनसबाट नै पुँजी बढाउँछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 01:51:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सले पुँजी बढाउँनको लागि हकप्रदको सहारा लिनु पर्ने अवस्था नरहेको जनाएको छ। आईपिओ बाँडफाँड कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीसँग बोनसबाट नै पुँजी बढाउने क्षमता रहेको र सोहि अनुसार पुँजी बढाउने बताएका हुन् । 

उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिजर्भमा ४८ करोड रुपैयाँ रहेको र कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको बताए । त्यस्तै उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७५ लाख खुद नाफा कमाएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो ५६ प्रतिशतको वृद्धि हो 

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ आज शुक्रबार बाँडफाँड भएको हो। बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो  १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ  बाँडफाँड गरेको हो । 

आईपिओमा कुल  १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ ।  यस हिसाबमा ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।  

योग्य कायम भएका  १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएका छन् ।  

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । 

कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । 

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने ब्यबस्था थियो । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहेको थियो ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ । 

आईपिओ नतिजा मेरोशेयर, सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved