सूइज नहरमा जहाज अड्किँदा विश्वभरका पुनर्बीमा कम्पनीमा अर्बौको दाबी पर्ने, नेपालमा के प्रभाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 10:05:36 AM मा प्रकाशित

laxmi  sunrise bank

इजिप्टको सूइज नहरमा एउटा विशाल पानीजहाज तेर्सो परेर एक सातासम्म अड्केर बस्दा विश्वभरका पुनर्बीमा कम्पनीहरुमा ठुलो व्ययभार पर्ने देखिएको छ। एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गको रुपमा रहेको नहर एक हप्ता बन्द हुँदा ठुलो रकम बीमा दाबी पर्ने र पुबर्बीमा कम्पनीहरुलाई ठुलो व्ययभार पर्ने देखिएको अमेरिकी रेटिंग तथा रिसर्च कम्पनी फिच रेटिंगले उल्लेख गरेको छ । 

उक्त कम्पनीले यो घटनाले पुनर्बीमा कम्पनीहरुको आम्दानी घटाउने, समुन्द्री बीमाको शुल्क बढाउने जनाएको छ।  तर पुनर्बीमा कम्पनीहरुको क्रेडिट प्रोफाइललाई भने यसले असर नगर्ने फिच रेटिंगले जनाएको छ।  

यस घटनाले कति क्षति भएको छ भन्ने आँकलन अहिले नै गर्न नसकिने कम्पनीको भनाई छ। सूइज नहरका अधिकारीहरुले फसेको पानीजहाज चल्न थालेको र जहाजको समानमा क्षति नपुगेको बताएका छन्। फसेको पानीजहाज चल्न थालेपछि रोकिएका अन्य ४ सय बढी पानी जहाज पनि चल्न थालेका छन् । तर ति पानी जहाजहरुले समान जहाँ पुर्याउनु पर्ने थियो , त्यहाँ सामान एक साता ढिलो पुग्ने भएकोले ठुलो क्षतिको आँकलन गरिएको फिच रेटिंगले उल्लेख गरेको छ । 

अड्किएका जहाज मध्ये कतिपयमा  फलफुल तार्कारी लगायतका छिटो बिग्रने सामान रहेकोले ति सामान क्षति भएको खण्डमा बीमा दाबी पर्ने बताइएको छ।यसको अलावा आपूर्ति च्यानल बिग्रिएकोमा पनि बीमा दाबी पर्न सक्ने छ ।  साथै सूइज नहर आफैले यो घटनाको कारण नहरको ठूलो आम्दानी गुमेकोले बीमा दाबी गर्न सक्ने फिच रेटिंगको आंकलन छ ।  फिच रेटिंगका अनुसार विभिन्न शिर्षकमा अरवौको बीमा दाबी पर्न सक्ने देखिन्छ।  ति बीमा दाबी भुक्तानी विश्वकाविभिन्न पुनर्बीमा कम्पनीहरु अर्थात् ग्लोबल पेनल अफ रिइन्स्योरर्सले गर्न  फिच रेटिंगले जनाएको छ।  

पानी जहाज उक्त नहरमा अड्किदा ४० बिलियन डलरको क्षति पुग्ने आँकलन गरिएको बेलायतबाट संचित रिइन्स्योरेन्स न्युजले उल्लेख गरेको छ।  

१९३ किलोमिटर लामो यो नहरबाट यस वर्ष प्रतिदिन ५१.५ का दरले पानीजहाज ओहोरदोहोर गरेका छन्। सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए। एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुँदै आएको छ । यो बाटो हुदै आउने सामानहरु नेपालमा आउने गरेका छन् ।  

नेपाली पुनर्बीमामा केहि असर पर्छ ?

नेपाल पुनर्बीमा कम्पनीका संचालक समिति सदस्य दिप प्रकाश पाण्डे यदि कुनै कारणले विश्वब्यापी घाटा हुँदा त्यसको असर स्वत नेपालमा पनि पर्ने बताउछन् । यस्ता घटनापछि बीमाको स्ट्याण्डर्ड रेट बढ्ने भएकोले मूल्यमा नै प्रभाव पर्न सक्ने उनको भनाई छ । तर दाबी भुक्तानीको हकमा भने कुनै समस्या नहुने उनी बताउछन् । 

उता नेपाल पुनर्बीमा कम्पनीका  प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी सो बाटो हुदै नेपालमा पनि सामान आउने भए नेपालमा पनि केहि न् केहि प्रभाव पर्न सक्ने बताउछन् । तर के कति असर गर्छ, त्यहाँ नेपालीहरुको के कस्तो सामान छ, कति समान छ, यहाँ आईपुग्दा कति समय लाग्छ, ब्यापारीहरुले कति घाटा बेहोरेका हुन्छन् लगायतका प्रश्नको जवाफ नभएसम्म पुनर्बीमा कम्पनीमा के असर पर्छ भन्ने नसकिने उनको भनाई छ । 

नेपालमा कस्तो असर पर्ला ?

नेपालको अन्तराष्ट्रिय व्यापार अफ्रिकी देशहरुमा तुलनात्मक रुपमा कमजोर छ । यसले गर्दा खासै ठूलो प्रभाव नपरेपनि उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा भने समस्या हुन सक्ने समुन्द्रपारा व्यापार संघका उपाध्यक्ष रामहरी कार्कीको भनाई छ । 

‘हामीले चीनबाट ल्याउने बस्तुहरु पहिला ४५ दिनमा आउँथ्यो, अहिले ३ देखि ४ महिना लाग्दै आएको छ’ कार्कीले भने, ‘अहिले नै व्यापारीहरुले सूइज नहरमा पानीजहाज अड्किदा समस्या भयो भनेर भनिसकेका छैनन्, यसको असर केही दिनमा पक्कै देखिन्छ ।’

उक्त नहरबाट नेपालमा सोझै बस्तु आयात वा नेपालबाट उक्त नहर हुँदै बस्तु निर्यात नहुने भएपनि नेपालमा आउने कतिपय कच्चा पदार्थ चीनले सो बाटो हुँदै ल्याउने भएकाले समयमै आईपुग्ने भने शंका थपिएको उनको भनाई छ । 

‘अहिले नेपालले सिंगापूर, श्रृलंका हुँदै बस्तुहरु ल्याउँदै आएको छ, कच्चा पदार्थहरु आउने त समुन्द्रको बाटो भएरै हो’ कार्कीले भने, ‘ठूलो असर नपरेपनि समयमै कच्चा पदार्थ आईपुग्दैन कि भने शंका चाहिँ छ ।’ 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved