बिभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेर वार्षिकोत्सव मनाउदै एशियन लाईफ इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 10:08:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड Asian Life Insurance Company ले चौधौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायीत्वसंग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गरेको छ। यसअनुसार एशियन लाइफले सितापाइला,काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरेको छ। 

साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम संचालन गरेको छ। २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाइफले देशभर रहेका १४६ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको छ।  

यस कम्पनीले १३ वर्षको अवधिमा २०७७ फागुन मसान्तसम्ममा कुल ५ लाख ६८ हजार बीमालेख बिक्री गरी २८ अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ। कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५० करोड र कूल लगानी २६ अर्ब १९ करोड रहेको छ ।

हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमा ल्याएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved