विकृति बढेपछि एकल बीमा पोलिसीमा नयाँ ब्यबस्था, ऋण लिन कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 03:42:44 PM मा प्रकाशित

laxmi  sunrise bank

 एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने भएको छ । बीमा समितिले १९ वटै जीवन बीमा कम्पनीहरुलाई परिपत्र मार्फत एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर नगर्न निर्देशन दिएको हो ।

साथै  बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भए पश्चात मात्रै समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्न समितिले निर्देशन दिएको छ । यस अघि २ वर्षमा नै बीमालेख धितोमा सम्बन्धित कम्पनीबाट नै कर्जा लिन सक्ने ब्यबस्था थियो 

समितिले बीमा कम्पनीहरुलाई पठाएको सर्कुलरमा भनिएको छ 'एकल बीमाशुल्क भुक्तानी हुनेगरी जारी भएका बीमा लेखहरु अन्तर्गत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात मात्र समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्ने व्यवस्था गर्नुहुन निर्णयअनुसार अनुरोध गरिन्छ’

विकृति बढेपछि समितिले एकल बीमा पोलिसीमा कडाई गरेको हो । यस अघि ब्याक डेटमा  बीमा गर्ने, १ वर्षपछि ऋण लिने र पोलिसी नै सरेन्डर गर्ने प्रवित्ति बढेको थियो । यसले गर्दा बिमित र एजेण्टलाई फाइदा भएपनि कम्पनीलाई भने आर्थिक भार पर्ने गरेको थियो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved