लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांशको प्रस्ताव

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 16, 2021 | 01:11:05 PM मा प्रकाशित

sarbottam cement

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २ गते बिहीबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र करसहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

कम्पनीले अघिल्लो आव २०७५÷७६ बाट ८.१२५ बोनस शेयर र कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved