अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, संचालकमा पौडेल र सुवेदी निर्विरोध

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 20, 2021 | 05:29:44 PM मा प्रकाशित

laxmi bank

अजोड इन्स्योरेन्स Ajod Insurance Company  ले आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज मंगलबार साधारणसभा सम्पन्न गरेको हो ।

कम्पनीको साधारणसभाले  संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको  आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब  तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि  सो लाई पारित गरेको छ।

 सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक  निर्धारण  गरेको छ। सभाले समुह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट  पानु दत्त पौडेल र सृजना सुवेदीलाई निर्विरोध संचालक चयन गरेको छ ।

सभाले  प्रवन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने प्रस्ताव पारित भएको छ। त्यस्तै सभाले संचालक समिति, अन्य समिति तथा उप–समितिको बैठक भत्ता तथा अन्य सुविधा पारित गरेको छ। साधारणसभाले स्वतन्त्र विज्ञ संचालक विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन पनि गरेको छ ।

कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आ.व. २०७६÷०७७ मा कुल बीमाशुल्क अठासी करोड त्रिचालिस लाख सत्र हजार बीमाशुल्क संकलन गरि चार करोड छपन्न लाख चौतिस हजार खुद नाफा कमाएको छ। कम्पनीको बीमाकोषमा छ करोड तेइस लाख बहत्तर हजार  संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved