महालक्ष्मी लाईफको स्वतन्त्र संचालकमा भट्टराई चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 07:53:05 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  को स्वतन्त्र संचालकमा  रवि राज भट्टराई मनोनित भएका छन् । आज बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र संचालकमा मनोनयन गरेको हो।

 पेशाले चार्टड एकाउन्टेन्ट भट्टराई इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि.एको उपाधी प्राप्त गरी त्रिभुवन विश्वविधालयबाट एम.बि.ए को डिग्री हासिल गरेका छन्। विगतमा नविल बैंक लिमिटेड र विभोर विकास बैंकमा काम गरिसकेका भट्टराईले आजै संचालक समितिका अध्यक्ष मनोरंजन रमण शर्माबाट सपथ लिएका छन् ।

बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि बसेको पहिलो बैठकबाट कम्पनीले स्वतन्त्र संचालक नियुक्त गरेको कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved