बीमा अभिकर्ता भन्छन् '३ महिनामा ऋण तिर्न सम्भव छैन, समितिले आफै गल्ति सुधारोस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 02:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा अभिकर्ताहरुले अभिकर्तालाई दिइएको ऋण ३ महिनामा  फरफारक गर्न सम्भव नभएको बताएका छन्। बीमा समितिले अभिकर्ताहरुलाई कम्पनीले दिएको ऋण आगामी असार मसान्तसम्म अर्थात् ३ महिना भित्र नै फरफारक गर्न निर्देशन दिएपछि अभिकर्ताहरुले यो सम्भव नभएको बताएका छन् ।

 पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले अभिकर्तालाई कम्पनी ८-१० वर्षको लागि भनेर दिएको ऋण ३ महिनामा फिर्ता गर्नु कुनै पनि हालतमा सम्भव नहुने बताएका हुन् । कम्पनीले अभिकर्ताको आवश्यकता हेरेर अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएर  बीमा समितिले गलत काम गरेको उनको भनाई छ । 

बीमा ऐनमा नै अभिकर्तालाई कम्पनीले ऋण दिन सक्ने ब्यबस्था रहेकोले समितिले ऋण नै रोक्न र ३ महिनामा उठाउन निर्देशन दिएकोमा उनको अशन्तुष्टी छ । उनले बीमा समितिले कम्पनीहरु माइक्रो म्यानेजमेन्ट गर्न खोजेको आरोप लगाएका छन् । कम्पनीले ऐनको ब्यबस्था भित्र रहेर नियम बनाई अभिकर्तालाई ऋण दिंदा समितिले रोक्न खोज्नु दुर्भाग्य भएको उनी बताउछन् । बीमा बजार घट्दो क्रममा रहेको अवस्थामा बीमा समितिले यस्तो निर्देशनले अभिकर्ता नै पलायन हुनु पर्ने अवस्था आउने र बीमा बजार झन् घट्न सक्ने तर्फ उनले सचेत गराएका छन् । 

अभिकर्ताले धितो राखेर कम्पनीबाट लिएको ऋणमा समितिले चासो दिनु नहुने उनको भनाई छ । उनी प्रश्न गर्दै भन्छन् ' सवारी कर्जा लिएको छ भने सवारी नै कम्पनीको नाममा धितोको रुपमा हुन्छ, घर जग्गा कर्जा भए घर जग्गा नै कम्पनीको नाममा हुन्छ, ८-१० वर्ष अवधिको यस्तो कर्जा ३ महिनामा के अधारले उठाउने, यो कसरी सम्भव हुन्छ?' 

यदि ऋण नउठेमा प्रोभिजन गर्नु पर्ने ब्यबस्था हुँदा हुदै थप ब्यबस्था लागु गर्नु नहुने उनको तर्क छ । उनी भन्छन् ' बीमा समितिले अचानक ३ महिनाको समय दिएर ऋण फिर्ता गर्न निर्देशन दिएर के गर्न खोजेको हो, हामीले बुझेको छैन, यदि त्यस्तो हो भने हामी पेशाबाट नै पलायन हुनु पर्ने अवस्था आउंछ' । कम्पनीले केहि गलत काम गरेको बह्ये त्यसको दण्ड अभिकर्तालाई दिन नहुने पनि उनले बताए ।

उनले यसबारे छलफल गरिरहेको र बीमा समितिले आफै गल्ति सुधार गरेर निर्देशन फिर्ता लिओस् भन्नेमा संघ रहेको बताए । उनले भने 'अभिकर्ताहरु सडकमा आउनु नपरोस् , समितिले नै गल्ति सुधार गरोस्' । 

यो पनि : अभिकर्तालाई दिएको ऋण उठाउनु पर्ने निर्देशनले समस्यामा बीमा कम्पनी, प्रोभिजनको डर

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved