सम्पूर्ण बीमा कम्पनीलाई बीमा समितिले दियो ७ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 05:40:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि बीमा समितिले बीमा कम्पनीहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ । बीमा समितिले स्वास्थ्य सतर्कताको साथ सेवालाई निरन्तरता दिन विभिन्न ७ बुंदे निर्देशन जारि गरेको हो ।

जस अनुसार बीमा समितिले स्वास्थ्य मापदण्डको पालना गर्न, सेवाग्राहीको भीडभाड नहुने ब्यबस्था गर्न, भौतिक दुरी कायम गर्न, यथासम्भव विद्युतीय माध्यमबाट सेवा दिन निर्देशन दिएको छ ।  समितिले कार्यालयमा  माक्स, सेनीटाइजर र साबुन पानीको ब्यबस्था गर्न , सेवाग्राहीको ज्वरो नाप्ने ब्यबस्था गर्न , भौतिक दुरी कायम गरि भिडभाड नहुने गरि सेवा दिन निर्देशन दिएको छ ।

त्यस्तै यथासम्भव विद्युतीय माध्यमबाट सेवा दिन, बैठक , तालिम, सेमिनार जस्ता कार्य भर्चुअल माध्यमबाट गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरि संक्रमण न्यूनीकरणको उपाय अपनाउन, कर्मचारीलाई कोरोनाको संक्रमणको संका लागेमा परिक्षण गर्न, संक्रमण देखिएमा आईसोलेसनमा बस्न र कन्ट्याक्ट ट्रेसिंगमा परेकालाई होम आईसोलेसनमा बस्न निर्देशन दिएको छ ।

समितिले कर्मचारीको कार्य विभाजन गरि कार्यालय समयमा सकेसम्म  कम कर्मचारी उपस्थित गराई सेवा प्रदान गर्ने ब्यबस्था मिलाउन निर्देशन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved