सानिमा लाइफ इन्स्योरेन्स एनसीएचलमा आवद्ध

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 23, 2021 | 03:06:37 PM मा प्रकाशित

sarbottam cement

सानिमा लाइफ इन्स्योरेन्स Sanima Life Insurance Company  को भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस मार्फत गर्न सकिने भएको छ । डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको हो । 

सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई नेशनल पेमेन्ट्स इन्टरफेससँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, खभलमयच भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । 

सानिमा लाइफ इन्स्योरेन्स, सानिमा बैंक तथा गैर आवासीय नेपालीहरू (एनआरएन) द्वारा प्रवद्र्धित कम्पनी हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved