आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 04:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्सले  लाभांश पारित गरेकाे छ । २३ औं वार्षिक साधारण सभाकाे अवसरमा कम्पनीले उक्त लाभांश पारित गरेकाे हाे ।  

सभामा अध्यक्ष हेम राज ढकालले कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि कम्पनीले चुक्ता पूँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक  हुने हुनाले हालको चुक्ता पूंजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पारित भएको बताए । उनले भने  ‘उल्लेखित पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने छ ।’

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुने उनले बताए । उनले भने ‘हाल कूल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ ।’ 

त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३ औं वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । उनले भने ‘लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडि बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको छ ।’ 

आगामी दिनहरुमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडि बढी रहेको उनले जनाए । आ.ब. २०७५।७६ मा रु.१ अरब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अरब ३९ करोड ९४ लाख  बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए साथै चालु आ.व.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved