१० अर्ब चुक्ता पुँजीको अर्को पुनर्बीमा कम्पनी खुल्ने पक्का, बीमा समितिद्वारा प्रस्ताव आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 08:43:07 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्रान गरेको छ । समितिले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै निजि क्षेत्रको थप १ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने भएकोले प्रस्ताव आह्वान गरेको हो । 

समितिले पुनर्बीमा  व्यवबसायलाई  बढी  प्रतिस्पर्धी,   प्रभावकारी र क्षमतायुक्त  बनाउन आवश्यक  भएकोले  निजी  क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता  संस्थाबाट प्रस्ताव आह्वान गरेको हो ।

समितिले सूचना जारि भएको २१ दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । पुनर्बीमा कम्पनीको चुक्त्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा १० अर्ब (दस अर्ब) रुपियाँमा नघट्ने गरि प्रस्ताव गर्नु पर्ने छ ।प्रस्तावकले  यसअघि  नै  नेपाल  पुनर्बीमा  कम्पनीमा  लगानी  गरेको  (क्रस  होल्डिङ  भएको)  भए  त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुने समितिले जनाएको छ। 

 प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

प्रस्तावकले पेस गरेका प्रस्तावहरू मध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारहरूमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्र छनोट गरिने समितिले जनाएको छ।  समितिले यस अघि आएका प्रस्तावहरु भने रद्द गरेको छ । उनीहरुले पुन: प्रस्ताव गर्नु पर्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved