युनाईटेड इन्स्योरेन्सको सीइओमा पौडेल नियुक्त, बनिन् पहिलो महिला सीईओ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 02, 2021 | 04:24:17 PM मा प्रकाशित

sarbottam cement

युनाईटेड इन्स्योरेन्स कम्पनी  United Insurance Company (Nepal) को प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको बैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले यस अघि  निमित्त प्रमुख कार्यकारी अधिकृत रहेकी पौडेललाई आगामी चार वर्षका लागी सीईओ पदमा नियुक्त गरेको हो ।

रमेश कुमार भट्टराइको करार अवधि समाप्त भएपछि उनले निमित्तको जिम्मेवारी सम्हालेकी थिईन् ।  कम्पनीले उनलाई नै सीइओको जिम्मेवारी दिएको हो । 

नव नियुक्त सीइओ पौडेलले भारतको दिल्ली विश्व विद्यालयबाट एमबिए गरेकी छिन्। उनीसंग भारतमा बीमा क्षेत्रमा काम गरेको अनुभव समेत रहेको छ। यस संगै उनी बीमा क्षेत्रको पहिलो महिला सीइओ बनेकी छिन् । उनी कम उमेर मै बीमा कम्पनीको सीइओ समेत भएकी छिन् ।  उनको उमेर ३४ वर्ष रहेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved