पुनर्बीमा कम्पनीको संचालकमा पाण्डे र अर्याल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 01:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीको संचालकमा दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यस अघि पनि संचालक रहेका उनीहरुको कार्यकाल यहि बैशाख २१ गते सकिन लागेकोमा आगामी साधारणसभासम्मको लागि उनीहरुलाई नै संचालकमा निरन्तरता दिने गरि पुन: नियुक्ति गरिएको हो । 

आइतबार बेलुका बसेको संचालक समितिको बैठकले उनीहरुलाई आगामी साधारणसभासम्मको लागि संचालकमा नियुक्त गर्ने र आगामी साधारणसभाबाट उक्त नियुक्ति अनुमोदन गर्ने निर्णय गरेको हो । 

उनीहरु नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक समितिमा छन् । दिप प्रकाश पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् भने डा. डिल्लीराज अर्याल राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved