नयाँ पुनर्बीमा कम्पनीको लागि ५ वटा प्रस्ताव दर्ता, एउटाले मात्र लाइसेन्स पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2021 | 02:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाको लागि गरेको निवेदन आह्वान गरकोमा ५ वटा कम्पनीले प्रस्ताव पेश गरेका छन्। प्रस्ताव पेश गर्ने आज अन्तिम दिन सम्ममा ५ वटा कम्पनीले प्रस्ताव पेश गरेको बीमा समितिले जनाएको छ 

समितिका अनुसार अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका छन्  । समितिले २१ दिनको समयसीमा राखेर निजि क्षेत्रको थप १ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने भएकोले प्रस्ताव आह्वान गरेको थियो। उक्त समयसीमा आज मध्यान्ह सकिएको हो  

समितिले पुनर्बीमा  व्यवबसायलाई  बढी  प्रतिस्पर्धी,   प्रभावकारी र क्षमतायुक्त  बनाउन आवश्यक  भएकोले  निजी  क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता  संस्थाबाट प्रस्ताव आह्वान गरेको हो ।

समितिले पुनर्बीमा कम्पनीको चुक्त्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा १० अर्ब (दस अर्ब) रुपियाँमा नघट्ने गरि प्रस्ताव गर्नु पर्ने उल्लेख गरेको थियो । प्रस्तावकले  यसअघि  नै  नेपाल  पुनर्बीमा  कम्पनीमा  लगानी  गरेको  (क्रस  होल्डिङ  भएको)  भए  त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुने बीमा समितिले जनाएको छ । 

 पेस गरेका प्रस्तावहरू मध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारहरूमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्र छनोट गरिने समितिले जनाएको छ।  

हाल नेपालमा एउटा मात्र पुनर्बीमा कम्पनी 'नेपाल रिइन्स्योरेन्स कम्पनी' रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved