
नेशनल लाईफ इन्स्योरेन्स National Life Insurance Company को लहान शाखाले २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ । कम्पनीले सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरेको जनाएको छ ।
शकुन्तला कुमारी पोद्दारले २०७६ साल असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेका थिए ।बिमा दावी भुक्तानी लिएपछि भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।