गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2021 | 01:24:56 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी  १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धत समेत व्यक्त गरेको छ । 

साथै कम्पनीले आम जनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको कम्पनीले जनाएको छ ।

यस्तै यस कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved