यी ५ कम्पनीमा १ करोडको जीवन बीमा निशुल्क, साथमा डेढ लाख उपहार पनि !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2021 | 11:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय बढेको देखाउनलाई ठुलो बदमासी गरेको पाइएको छ। यी पांच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदमा रहेका कर्मचारीहरुले बीमा अभिकर्तासँग मिलेर यस्तो बदमासी गरेको पाइएको हो। 

कम्पनीको व्यवसाय बढ्दा सीईओले पनि राम्रो गरेको देखिने र अभिकर्ताको पनि गोजी भरिने भएपछि यस्तो बदमासी सफल हुन सकेको हो। सुर्य लाइफ, ज्योति लाइफ, गुराँस लाइफ, सानिमा लाइफ र गुराँस लाइफमा यस्तो बदमासी भएको पाइएको हो।      

यी ५ कम्पनीका बीमा अभिकर्ताहरुले आसेपासे खोजेर उनीहरूको नाममा बार्षिक धनफिर्ता योजना अन्तर्गतको बीमा पोलिसी किन्ने र त्यही  पोलिसलाई दुई बर्षपछि बन्द गराएर सुरुमा तिरेको प्रिमियम भन्दा झन्डै डबल असुल्ने गरेको पाइएको छ। 

यी कम्पनीका बीमा अभिकर्ताहरुले अधिकांशको १ करोडको बीमा गरिदिने तथा त्यस बापत तिर्नुपर्ने प्रिमियम रकम पनि आफैं तिरिदिने र तिरेपछि फिर्ता हुने रकम, कमिसन र इन्सेन्टिभ पनि आफैं लिने गरेको पाइएको छ। 

यो पनि: कम्पनी डुबाउने खेलमा बीमा कम्पनीका सीईओ र अभिकर्ता, बीमित र लगानीकर्तामाथि घात

यस बदमासी अन्तर्गत यी कम्पनीहरुले २० बर्षको लागि १ करोडको बीमा गर्दा ७ लाख प्रिमियम तिर्नुपर्ने भएपनि २५ प्रतिशत कमिसन, १८ प्रतिशत इन्सेन्टिभ, बोनस दरबाट प्राप्त हुने पैसा र उक्त पोलिसी बैंकमा राखेर आउने ऋण बापतको रकम जोड्दा प्रिमियम बापत मात्र १ लाख २५ हजार तिरेको पाइएको छ। 

सबै कटाएर अहिले प्रिमियम बापत १ लाख २५ हजार तिरेको व्यक्तिले २ बर्षपछि पछि यो पोलिसी सरेन्डर गर्दा यसबाट उसलाई झन्डै २ लाख ६७ हजार फिर्ता आएको देखिएको छ। अर्थात १ लाख २५ हजार लगानी गर्दा २ बर्षसम्म १ करोडको बीमा पनि हुने र २ बर्षपछि उल्टै २ लाख ६७ हजार पनि फिर्ता हुने गरि यी बीमा कम्पनीले काम गरिरहेका छन्। 

यस्तो हुँदा एउटा व्यक्तिको नामले कम्पनीको १ करोडको व्यवसाय पनि हुने र एउटा व्यक्तिको नामले अभिकर्तालाई झन्डै १ लाख ४२ हजार फाइदा पनि हुने भएकाले यी कम्पनीका सीईओ तथा उच्च तहका कर्मचारीले अभिकर्तासँग मिलेर यस्तो धन्दा गरेका हुन्। 

बिजपाटीलाई प्राप्त जानकारी अनुसार यी कम्पनीका एक जना अभिकर्ताले धेरै जनाको नागरिकता बटुलेर उनीहरुको नाममा २० बर्षको लागि १ करोडको जीवन बीमा गरेका छन्। 

दुई बर्षपछि उक्त पोलिसी बन्द गर्दा अभिकर्तालाई मोटो रकम हात लाग्ने र कम्पनीको व्यवसाय पनि बढेको देखिने भएकाले एक आपसमा मिलेर यस्तो काम गरेको स्रोतले जनाएको छ। 

यसबाट कम्पनीलाई सिधा सिधा प्रति पोलिसी १ लाख ४२ हजार घाटा पनि लाग्ने र भविष्यमा कम्पनीको दायित्व पनि बढ्दै जाने भएकाले सीईओहरुले आफ्नो कार्यकाललाई हेरेर मात्र यस्तो बदमासी गरेको बिजपाटी स्रोतको दाबी छ।

यस अगाडी पनि सिंगल प्रिमियममा यस्तै बदमासी देखिएपछि हालै मात्र बीमा समितिमा आएका अध्यक्ष सुर्य प्रसाद सिलवालले यसलाई रोक्ने प्रयास गरेका थिए। सिंगल प्रिमियममा भएको बदमासी रोक्ने प्रयास भएपछि यी कम्पनीहरु बार्षिक धनफिर्ता योजना मार्फत यस्तो बदमासी थालेका हुन्।  

१ लाख २५ हजार लिएर दुई बर्षमा २ लाख ६७ हजार तिर्नुपर्दा यसबाट कम्पनी ठुलो घाटामा जाने देखिन्छ भने पोलिसी बन्द हुनासाथ यसले कम्पनीको प्रोभिजन बढाउँछ र यसले कम्पनीको ल्याप्स रेसियो समेत बढाउँछ। जसले गर्दा यी जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा नोक्सानी थपिदै जान्छ। 

यसले यी ५ कम्पनीमा बीमा गर्ने बीमितलाई उसले पाउने बोनस र लगानीकर्ताले पाउने लाभांश पनि घट्ने देखिन्छ। त्यसमा पनि यस्तो बदमासी गर्ने केहि कम्पनीमा नयाँ जीवन कम्पनी समेत भएकाले यसले नयाँ कम्पनीलाई धारासायी नै बनाउने जानकारहरुको भनाई छ। 

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग यस बिषयमा कुराकानी आफ्नो जानकारीमा पनि यो बिषय आएको र आफुहरुले यसको वास्तविकताबारे अध्ययन गरिरहेको बिजपाटीसँगको कुराकानीमा बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved