दोहोरो अर्थ लाग्ने गरि बीमाको विज्ञापनमा बन्देज, ५ लाख बढीको बीमामा आम्दानीको स्रोत अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 01:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले जीवम बीमालेख सम्बन्धि निर्देशिका जारी गरेको छ। समितिले बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र ब्यबस्थित बनाई एकरुपता कायम गर्नको लागि निर्देशिका लागु गरेको हो ।

निर्देशिकामा बिमालेख तयार गर्नको लागि चाहिने कागजात, प्राविधिक टिप्पणी, बिमालेख स्वीकृतिको लागि निवेदन दिने ढाँचा, समर्पण मूल्य गणना विधि,   लगायतका विषय उल्लेख छ । बीमालेख तयार गर्दा न्युनतम बीमा अवधि ५ वर्ष कायम गर्नु पर्ने र म्यादी जीवन बीमाको हकमा न्युनतम बीमा अवधि कायम गर्न सकिने ब्यबस्था निर्देशिकाले गरेको छ ।

बीमालेख स्वीकृतिको लागि समितिमा पेश गर्नु पर्ने र स्वीकृति पाएको ६ महिना भित्रमा प्रचलनमा ल्याईसक्नु पर्ने ब्यबस्था गरिएको छ । त्यस्तै बीमकले दोहोरो अर्थ लाग्ने वा अस्पष्ट शब्दावली प्रयोग गरि विज्ञापन गर्न नपाइने ब्यबस्था निर्देशिकाले गरेको छ । बीमाकले गलत विवरण उपलब्ध गराई भ्रममा पारी बीमालेख बिक्रि गर्न नपाइने निर्देशिकामा उल्लेख छ । त्यस्तै ब्याकडेट अर्थात बीमा शुल्क प्राप्त भएको मिति भन्दा अगाडीको मितिदेखि लागु हुने गरि कुनै पनि बिमालेख जारी गर्न नपाइने ब्यबस्था निर्देशिकाले गरेको छ ।

त्यस्तै ५ लाख भन्दा बढी तिर्ने गरि बीमालेख बिक्रि गर्दा आम्दानीको स्रोत खुल्ने कागजात पनि संलग्न गर्नु पर्ने भएको छ ।बीमा समितिले प्रत्येक बीमकको बीमालेखहरुको पहिचान कोड तोक्ने र कोड नभएका बीमालेख बिक्रि गर्न नपाइने ब्यबस्था निर्देशिकाले गरेको छ ।

पुरा निर्देशिका हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved