बिद्यार्थी नेताको चाँसो पुनर्बीमाको लाइसेन्समा, अध्यक्ष सिलवाल बिरुद्द अख्तियारमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 11:00:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सेटिंङ मिलाएर हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स दिएको आरोप लगाउदै कांग्रेस र माओवादी निकट बिद्यार्थी संगठनले अध्यक्ष सिलवाल बिरुद्द उजुरी दिएको हो। 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीसहितका पाँच विद्यार्थी संगठनले सेटिङमा नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न अनुमति दिएको आरोप लगाउदै अख्तियारमा उजुरी दिएको हो। 

अध्यक्ष सिलवाल सहित बीमा समितिका सञ्चालकहरु, हिमालयन रि नामक कम्पनीलाई लाइसेन्स दिने सम्बन्धी फाइलमा हस्ताक्षरकर्ता कर्मचारीहरुलाई समेत कारवाहीको माग गरिएको छ।

अख्तियारमा लिखित उजुरी दिनेमा नेविसंघका सभापति राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्, अनेरास्ववियु माधव नेपाल समुहका सदेश पराजुली, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष बिमल पोखरेल रहेका छन्। 

पुनर्बीमाको लाइसेन्सको आवश्यकताबारे अध्ययन गर्न बनेको समितिले दिएको प्रतिबेदन सार्वजनिक नगरी आफुखुसि रुपमा हिमालयन रि लाई सेटिंङमा लाइसेन्स दिएको अध्यक्ष सिलवाल बिरुद्द आरोप छ। 

कोभिड १९ को पहिलो लहरले देशब्यापी रुपमा लकडाउन भएकै मौका छोपेर अध्यक्ष सिलवालले नयाँ लाइसेन्सको लागि आबेदन खुलाएको र कसैलाई नबोलाई, कुनै औपचारिक प्रकृया समेत पुरा नगरी हिमालयन रि लाई लाइसेन्स दिईएको उजुरीमा उल्लेख छ। 

हिमालयन री लाई लाइसेन्स दिईएको प्रकृया नै कानुन र प्रकृयाबिपरित भएको दाबी गर्दै हिमालायनलाई दिईएको अनुमती नै खारेज गर्नुपर्ने र कानुनअनुसार सिलवालमाथि कारबाही हुनुपर्ने उजुरी पत्रमा उल्लेख छ। यती मात्र नभई अब नयाँ प्रक्रिया मार्फत पुनर्बीमाको अनुमती वितरण गर्नुपर्ने उजुरीमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved