यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 15, 2021 | 04:43:34 PM मा प्रकाशित

आर्थिक वर्ष २०७७।०७८ को अन्त्य हुदै गर्दा यूनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal)  १०० करोड माथिको बीमाशुल्क आर्जन गरेको छ। कोविडको महामारीको परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो  । 

कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत  उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा रु ६९ करोड बीमाशुल्क आर्जनको  तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको कम्पनीले जनाएको छ । 

 सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved