बीमा समितिले ल्यायो नयाँ सर्भर र सफ्टवेयर, नियमन र सुपरिवेक्षणमा सहज हुने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 07:37:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले आजदेखि नयाँ सर्भर र सफ्टवेयर संचालनमा ल्याएको छ । समितिले समितिका काम कारवाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम पारदर्शी बनाउदै बीमाक र सरोकारवालाहरुलाई छिटो छरितो रुपमा सेवा उपलब्ध गराउने नयाँ सर्भर र सफ्टवेयर संचालनमा ल्याएको हो । समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम संचालनमा ल्याएको हो ।

समितिका अध्यक्ष सूर्य सिलवालले यस सेवाको उद्घाटन गर्दै बीमा व्यबसायलाई प्रविधिमैत्री बनाएर अगाडी बढाउँन आधुनिक प्रविधिमा आधारित नयाँ सर्भर र सफ्टवेयर पहिलो पाइला भएको बताए । यस संगै बीमा कम्पनीहरुले बीमा समितिलाई बुझाउन पर्ने विवरण अनलाइन बाट नै बुझाउन सक्ने छन् ।

यस बाट समितिलाई प्राप्त हुनु पर्ने विवरण समय मै प्राप्त हुने र तिनीहरुको अध्ययन विश्लेषण गरि नियमन र सुपरिवेक्षणमा सहज हुने समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved