गत वर्ष बीमा कम्पनीले गरे डेढ खर्ब बीमाशुल्क संकलन, २२ अर्ब भुक्तानी दिन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 12:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष (२०७७/७८) बीमा कम्पनीहरुको बीमा शुल्क बढेको छ । बीमा समितिका अनुसार जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट ३० अर्ब ९० करोड ६८ लाख गरि कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क संकलन भएको समितिले उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्ष ७६/७७ को तुलनामा आर्थिक वर्ष ७७/७८ मा कूल जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९ सय ६४ वटा बीमलेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४ सय ४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकि रहेको तथ्यांक कम्पनीहरुबाट प्राप्त भएको समितिले जनाएको छ।  

समितिका अनुसार जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख बराबरका ६६ हजार ३ सय ३१ वटा बीमा लेखहरु व्यतित (सरेन्डर) भएका छन् जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved