उधारो बीमालेख जारी नगर्न बीमा समितिको निर्देशन, गरेको पाईए कारवाहीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 09:43:34 AM मा प्रकाशित

laxmi sunrise bank

बीमा समितिले उधारो बीमालेख जारी नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बीमा ऐनको ब्यबस्था अनुसार नै बीमा वापतको शुल्क रकम प्राप्त भएपछि मात्र बीमालेख जारी गर्न निर्देशन दिएको हो । 

बीमा ऐन २०४९ को दफा २७ मा 'कुनै पनि बीमाकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुदैन । बिमाकले जोखिम ग्राहक गरे वापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छ' भन्ने उल्लेख छ । 

सोहि ब्यबस्था अनुसार बीमा शुल्क रकम बैंक खातामा प्राप्त गरेपछि बीमालेख जारी गर्न समितिले निर्देशन दिएको हो ।  उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम बीमकको बैंक खातामा प्राप्त नभईकन बीमालेख जारी गर्ने गराउने कार्य नगर्न नगराउन समेत निर्देशन दिईसकेको समितिले जनाएको छ ।  

निर्देशन विपरित बीमा गर्ने गराउने कार्य भएको गरेको पाईएमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी समितिले दिएको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved