
 2mb (1).gif)
बीमा समितिले यहि साउन महिना भित्रमा बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तीय लगानी विरुद्दको सफ्टवेयर गोएएमएल (goAML) लागु गर्ने भएको छ । यो भनेको एन्टी मनी लाउन्डरिङ सिस्टम हो ।
समितिले साउन भित्रमा अनिवार्य रुपमा यो सफ्टवेयर लागु गर्ने तयारी गरेको हो । यस अघि नमुना परिक्षणको रुपमा विभिन्न ५ वटा जीवन बीमा कम्पनीहरुबाट लागु गर्न सुरु गरिएको सफ्टवेयर साउन महिना भित्रमा सबै बीमा कम्पनीहरुमा अनिवार्य लागु गर्न लागिएको समितिले जनाएको छ ।
समितिले सफ्टवेयर संचालन समबन्धि सैदान्तिक एवम ब्यबहारिक जानकारी दिन सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुका लागि आइतबार अन्तरक्रिया गरेको थियो । त्यस कार्यक्रममा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले एकल बीमालेख अन्तर्गत पहिलो प्रिमियम वापत एकैपटक ठुलो रकम लिएर बीमा गर्ने र बिमितले ८-१० महिना भित्रै सरेन्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शंकास्पद हुने भएकोले त्यसको बारेमा सुरु मै नेपाल राष्ट्र बैंक स्थित वित्तीय जानकारी इकाईलाई जानकारी गराउन कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
कम्पनीहरुमा बीमा गर्नको लागि एकैपटक ठूलो रकम आएमा त्यसको स्रोत के हो , र कहाँ बाट आयो भन्ने जानकारी लिएर सफ्टवेयर मार्फत राष्ट्र बैंकको इकाईलाई जानकारी गराउनु पर्ने र त्यसो नगरेमा बीमा कम्पनीलाई बीमा ऐनको ब्यबस्था र सम्पति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण समबन्धि कानुन बमोजिम कारवाही हुने अध्यक्ष सिलवालले बताएका छन् ।
उनले बीमाले क्षेत्रमा सम्पति सुद्धिकरण र शंकास्पद लगानी हुन नदिनको लागि कम्पनीहरुलाई बारम्बार पत्राचार र निर्देशन दिएको उल्लेख गर्दै बिगतका कमि कमजोरीलाई सच्च्याएर बीमाले क्षेत्रमा सम्पति सुद्धिकरण र शंकास्पद लगानी निवारणको लागि सदैव चनाखो र सजग हुन कम्पनीहरुलाई आग्रह गरेका छन् ।