आईएमई लाइफद्वारा १ करोड बीमाङ्क रकम भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 03:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्स I.M.E. Life Insurance Company ले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ मा जीवन बीमा गरेका बीमित खड्काको उपचारका क्रममा मृत्यु भएपछि बीमा वापतको रकम भूक्तानी गरेको हो ।

बीमित खड्काको २०७८ असार १५ गते उपचारका क्रममा ललितपुर भैसेपाटिस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । 

बीमितलाई कोरोना भाईरसको लक्षण देखा परे पश्चात प्रथम पटक मिति २०७८ जेठ २२ मा विराटरनगरस्थित नोवल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराईएको र त्यहाँ उपचार सम्भवन नभएपछि जेठ ३० गते हेलिकप्टरबाट मेडिसिटी ल्याईएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमितले इच्छाईएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved