यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, पहिलो पटक अर्ब क्लबमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 02:33:57 PM मा प्रकाशित

nepal oil ltd

यूनाइटेड इन्स्योरेन्सको United Insurance Company (Nepal)  को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीले आज श्रावण ३१ गते भर्चुअल माध्यम मार्फत सभा गरेको हो। 

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। साथै साधारणसभामा कम्पनीले आ. व ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिएको छ । 

कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ आंै वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमामा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराएका छन् । कम्पनीको उक्त सफलतप्रति सम्पूर्ण शेयरधनी महानुभावहरुले हर्ष व्यक्त गर्दै संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका छन्। 

सोहि सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९,८९,०३,९८३।८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,०००।०० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,०००।०० भएको जानकारी गराईएको छ। साधारणसभाले आर्थिक वर्ष ०७७।०७८ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved