
 2mb (1).gif)
एशियन लाईफ इन्स्योरेन्स Asian Life Insurance Company को नवनिर्वाचित अध्यक्ष दिपक कुमार श्रेष्ठले सपथ लिएका छन् । श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा श्रेष्ठ निर्वाचित भएपछि कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।