
 2mb (1).gif)
एलआईसी नेपाल Life Insurance Corporation (Nepal) मा बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई घरमै पुगेर मृत्युदाबी बापत ५३ लाख ३० हजार घरमै पुगेर भुक्तानी कम्पनीले जनाएको छ ।
करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ निवासी कृष्णहरी श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाका अभिर्कता टेक बहादुर खड्काबाट ५० लाख बिमांकको जीवन बीमा गराएका थिए । बिमा गराएको ११ महिना नपुग्दै उनको ब्रेनह्याम्रेजको कारण मृत्यु भएको थियो ।
निजको मृत्यु पछि श्रीमती सजना श्रेष्ठलाई मृत्युदाबी भुक्तानी बापत रु.५३ लाख ३० हजार रुपैयाको चेक ललितपुर शाखा मार्केटि¨ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेक बहादुर खड्काले सयुक्त रुपका मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन ।