कसले दिन्छ बीमा समितिका अध्यक्षलाई बिमित र बीमा कम्पनी डुबाउने सुझाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 02:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रशासनिक क्षेत्रका सूर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्ष बने यता बीमा क्षेत्रमा केहि नयाँ व्यवस्था कायम गरिएको छ। जीवन बीमालेख सम्बन्धी निर्देनिका,२०७८ तथा अन्य केहि परिपत्र मार्फत बीमा क्षेत्रका पुराना व्यवस्थामा संसोधन तथा नयाँ नियम काम गरिएको हो। 

यस मध्ये जीवन बीमा क्षेत्रमा जल्दोबल्दो बिषयको रुपमा रहेको बीमा लेख समर्पण, बीमालेख धितो कर्जा, एजेन्टलाई कर्जा लगायतका व्यवस्थामा संसोधन गरिएको छ। 

यस अघि दुई बर्ष पश्चात बीमा लेख समर्पण तथा बीमालेख धितो राखेर कर्जा लिन पाइने व्यवस्थालाई संशोधन गरि बीमा समितिले अबदेखि तीन बर्ष पश्चात मात्र यो सुविधा पाइने व्यवस्था गरेको छ। 'जीवन बीमालेख सम्बन्धी निर्देशिका,२०७८' मार्फत यो व्यवस्था गरिएको हो। यो व्यवस्था यस निर्देशिकाको दफा १० मा उल्लेख छ। 

बीमा व्यवसाय बढेको देखाउन बीमा कम्पनीका सीईओ तथा उच्च अधिकारी र बीमाका एजेन्टहरु मिलेर नक्कली बीमा अर्थात कागजी रुपमा मात्रै बीमा गरिरहेको कुरालाई रोक्ने उदेश्यले यस्तो व्यवस्था गरीएपनि यस नियमले वास्तविक बीमितहरु मारमा परेको बीमाका जानकारहरु बताउँछन्।  

उच्च तहका कर्मचारी र एजेन्ट मिलेर गर्दै आएको कागजी बीमालाई रोक्नलाई अधिकतम १८ प्रतिशतसम्म इन्सेन्टिभ लिन पाइने व्यवस्था खारेज वा अरु कुनै रुपले समाधान गर्नुपर्नेमा दुई बर्षको अवधिलाई तीन बर्षमा सार्ने नियमले केहि फरक नपर्ने जानकारहरु बताउँछन्। 

ती जानकारका अनुसार जे रोग हो त्यसकै औषधि ल्याउनुपर्नेमा बीमा समितिले जोड गर्नुपर्नेमा उल्टै बीमा लेख समर्पण तथा बीमालेख धितो राखेर कर्जा लिन पाइने अवधि थप गरिदिंदा बास्तविक बिमित मारमा परेका छन्।

एक बीमा विज्ञले भने 'अधिकतम १८ प्रतिशतसम्म इन्सेन्टिभ र कमिसन पाइने लोभले समर्पण गर्न पाइने अवधिसम्मलाई बीमा गर्ने र त्यसपछि उच्च तहका कर्मचारीसँग मिलेर समपर्ण गर्ने र मनग्गे आर्जन गर्ने खेल रोक्ने गरि नीति नियम ल्याउनु पर्थ्यो तर वास्तविक बिमित नै अप्ठ्यारोमा पर्नेगरि निर्देशिका मार्फत नयाँ व्यवस्था गरिनु गलत हो।'

हिजोका दिनमा बीमा लेख सम्पर्ण गर्न बाध्य हुनेले २ बर्षपुगेपछि समर्पण गरेर आफुले बुझाएको प्रिमियमको रकम लिने अभ्यास भएकोमा अबको नयाँ व्यवस्थाले उनीहरुले तीन बर्षसम्म समपर्ण नपाउने भएका हुन्। 

यद्दपी ३ बर्षसम्म समपर्ण गर्न नपाएपनि उक्त सम्पर्ण गरिएको बीमा लेख बराबरको पैसा बीमालेख परिपक्व हुने अवधिमा चुक्तापुंजीमा कन्भर्ट हुने र बीमीतले त्यति बराबरको पैसा पाउने बीमा समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजु रमण पौडेलले बिजपाटीलाई बताए। 

'पहिले २ बर्ष पश्चात बीमा लेख सम्पर्ण गर्न पाउने र २ बर्ष पुगेपश्चात बीमा लेख धितो राखेर कर्जा लिन पाउने थियो तर अहिले त्यो अवधि ३ बर्ष भएको मात्रै हो तर ३ बर्ष अर्थात ३ वटा प्रिमियम भुक्तानी हुनु अघि सम्पर्ण भएमा बीमा परिपक्व हुने समयमा पुंजीमा रुपान्तर हुन्छ र त्यति बराबरको रकम बिमिले फिर्ता पाउँछ' उनले भने।       

बीमा लेख धितो कर्जा 

हिजोका दिनमा २ बर्ष पश्चात बीमा लेख धितो राखेर कर्जा लिन पाउने व्यवस्था भएकोमा अहिले यो समय ३ बर्ष गरिएको छ।  बिमितले आफ्नो बीमा लेख धितो राखेर जुनै बेला कर्जा पाउनुपर्ने हुनुपर्नेमा यो सुविधा ३ बर्ष पश्चात मात्र गरिएकाले यसले जीवन बीमा गर्न चाहनेलाई उत्साहित नबनाउने बीमाका जानकारहरु बताउँछन्। 

बैंकहरुमा मुद्दती निक्षेप राखे पश्चात त्यसको बिरुद्दमा यस्तो मूद्दती निक्षेप राखेर निश्चित सिमासम्म कर्जाको सुवेधा पाउने गर्छन तर बीमा समितिले जीवन बीमा लेख राखेर ३ बर्ष पश्चात मात्रै कर्जा लिन पाउने गरेकोमा यसबाट बास्तविक बिमित मारमा परेका छन्।

समर्पण गर्दा उक्त बराबरको रकम जीवन बीमा कोषमा राख्नु नपर्ने बीमा समितिको निर्देशनले बीमा कम्पनीहरुको नाफा बढ्ने र यसले सेयरधनी र बीमितलाई केहि फाइदा भएपनि समग्रमा कम्पनी भने कम्जोर बन्दै जाने बीमाका जानकारहरु बताउँछन्। 

त्यस्तै बीमा समितिको अध्यक्षमा सिलवाल आए पश्चात बीमा समितिले केहि नयाँ नियमहरु ल्याएको छ। यसरी ल्याउने क्रममा एजेन्टहरुले समेत सम्बन्धित कम्पनीबाट कर्जा लिन नपाइने र लिएको भए उक्त कर्जा सेटल गर्नलाई भनेर निश्चित अवधि दिईएको थियो। 

बीमा समितिको अध्यक्षमा प्रशासकीय क्षेत्रबाट आएका सूर्य प्रसाद सिलवाललाई बेला बेलामा बीमीत र बीमा कम्पनीलाई नै अप्ठ्यारो पर्नेगरि यस्तो नीति नियम र निर्देशन ल्याउनलाई कसले सुझाव दिन्छ भन्ने चाँसो बढेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved