
 2mb (1).gif)
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालनको ४ वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नेपाली बीमा बजारमा ३६ लाख भन्दा वढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएका कम्पनीले जनाएको छ ।
चौंथो वार्षिक उत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा विहान ८ बजेदेखि नेपाल रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
त्यस्तै कम्पनीले काठमाडौँको जोरपाटी स्थित नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्य्य सामाग्रीहरु वितरण गर्नुका साथै साथै धनगढी, महेन्द्रनगर, अत्तरीया, वाग्लुङ्ग, दुलेगौडा, पोखरा,काठमाडौ लगायतका स्थानहरुमा खाद्य्य सामाग्रिहरु वितरण गरेको छ। कम्पनीले सप्तरीको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता भगवति मन्दिर सरसफाई तथा तनहुँको आँवु खैरेनीमा सरसफाई सामाग्रीहरु वितरण गर्नुको साथै सुर्खेत तथा दैलेखमा निःशुल्क मास्क वितरण गरिएको जनाएको छ।