
 2mb (1).gif)
नेपालमा जीवन बीमा गर्नेको सङ्ख्या एक बर्षमा करिब ३ प्रतिशतले बढेको छ। अघिल्लो बर्षको तुलनामा जीवन बीमाको दायरामा आउनेको सङ्ख्या २।६८ प्रतिशतले बढेको बीमा समितिले जनाएको छ।
बीमा समितिकाअनुसार अघिल्लो बर्ष अर्थात २०७७ साउन मसान्तसम्म बीमाको दायरामा आउनेको सङ्ख्या प्रतिशतमा २२।३१ प्रतिशत रहेकोमा यस बर्ष अर्थात २०७८ साउन मसान्तसम्म यो दायरा बढेर २४.९९ प्रतिशत पुगेको छ। कन्द्रीय तथ्यांक बिभागका अनुसार यस अवधिमा नेपालको जनसङ्ख्या १.२७ ले बढेर ३ करोड ६४ हजारबाट ३ करोड ४ लाख ४४ हजार ३३९ पुगेको छ।
नयाँ जीवन बीमा कम्पनी संचालनमा आए पश्चात तिब्र प्रतिस्पर्धाका कारण जीवन बीमा गर्नेहरुको दायरामा उल्लेख्य बढोत्तरी हुने अपेक्षा गरिएको थियो। तर नयाँ कम्पनीहरुले पनि पुराना कम्पनीहरुकै रणनीति र पुरानै कम्पनीहरुका प्रोडक्ट अर्थात पोलिसीहरुलाई निरन्तरता दिँदा जीवन बीमाको क्षेत्रमा अपेक्षाकृत सुधार हुन नसकेको विश्लेषण गरिएको छ।
अर्को तर्फ यहि बीच कोभिड १९ को बिश्वब्यापी महामारीको सुरुवात भएकाले पनि मानिसहरुलाई पहिला स्वास्थ्य र त्यसपश्चात गास बास कपासमा ध्यान केन्द्रित भएकाले जीवन बीमाको वृद्धिमा संकुचन देखिएको हो।
जीवन बीमाको दायरामा आउनेको सङ्ख्यामा २.६८ प्रतिशतको वृद्धि भएपनि कुल जीवन बीमालेखको सङ्ख्यामा भने झन्डै १४ प्रतिशतको वृद्धि भएको छ। भने कुल जीवन बीमा लेख शुल्क संकलन पनि करिब २८ प्रतिशतले बढेर १६ अर्ब ६१ करोडले बढेको छ। कोभिड १९ को महामारीमा बैदेशिक रोजगारी पनि ठप्प जस्तै रहेकाले बैदेशिक रोजगार बीमा लेख सङ्ख्या करिब ३३ प्रतिशतले घटेको छ।
त्यस्तै एक बर्षमा अर्थात २०७८ साउन मसान्तसम्म जीवन बीमा कम्पनीहरुको चुक्ता पुंजी १६.४६ प्रतिशतले बढेको छ भने जीवन बीमा कम्पनीहरुको कार्यलय संख्या पनि करिब ११ प्रतिशतले बढेर ३ हजार ६१ वटा शाखा पुगेको छ।