सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 05, 2021 | 04:15:13 PM मा प्रकाशित

mega bank

सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्स NLG Insurance Company मा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको हो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्समा बीमा गराउने छन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले एनएलजी इन्स्योरेन्सको जुनसुकै शाखाबाट यो सुविधा लिन सक्ने छन् ।

कार्यक्रममा एनएलजीका सीईओ पन्तले दुई संस्थाबीच भएको समझदारीले महासंघमा आवद्ध व्यवसायीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved