अजोड इन्स्योरेन्सद्वारा तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 02:14:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स Ajod Insurance Company  ले शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको लागि इन् हाउस मार्केटिङ्ग  तालिम आयोजना गरेको हो ।  

त्यस्तै कम्पनीले भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गरेको छ ।सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न विषयको वारेमा प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ । 

त्यस्तै कम्पनीले अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका को वारेमा प्रशिक्षण प्रदान गरेका थिए । इन्स्योरेन्सका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved