विराटनगर र धनगढीमा 'युवा संग - महालक्ष्मी लाईफ' कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 01:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company ले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको "युवा संग - महालक्ष्मी लाईफ" कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरिएको कम्पनीले जनाएको छ। 

 आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि "युवा संग - महालक्ष्मी लाईफ" बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए  । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved