तनहुँमा 'युवा संग - महालक्ष्मी लाईफ' कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 05:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले बीमा जागरण गर्ने सिलसिलामा नवौँ जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको "युवा संग- महालक्ष्मी लाईफ" बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको कम्पनीले जनाएको छ।


कम्पनीका अनुसार कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

त्यसै गरी तनहुँ जिल्ला भरी बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved