रौतहतको कटहरीयामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 05:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company ले रौतहटको कटहरीया नगरपालिकामा “युवा संग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीको यो बीमा जागरण कार्यक्रममा ४० जनाभन्दा बढी युवाहरूको सहभागिता थियो । महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराएका थिए ।

क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए । 

कार्यक्रम पछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल तथा सहमति पनि भएको छ ।

आश्विन महिनाबाट सुरु भएको “युवा संग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा यो कार्यक्रम सम्पन्न भईसकेको छ । 

कार्तिक महिनाभित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यीय बीमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने लक्ष्य रहेको महालक्ष्मी लाइफले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved