रौतहटको कटहरीया पुग्यो महालक्ष्मीको 'युवासँग महालक्ष्मी लाइफ' कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 07:23:59 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सुरु गरेको "युवासँग महालक्ष्मी लाइफ" कार्यक्रम रौतहटको कटहरिया पुगेको छ। यहि असोज ३० गते जनता माध्यामिक विधालयको भवनमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। 

कार्यक्रमम चालिस भन्दा बढी युवाहरुको सकृय सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ।  महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी दिएका थिए। 

क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए। कार्यक्रम पछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल तथा सहमति समेत भएको छ।

२०७८ असार महिनाबाट सुरु भएको “युवा संग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा सम्पन्न भैसेकेको महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए।।

कार्तिक महिना भित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यिय बीमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने भट्टराईले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved