रिलायन्स लाइफको 'रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना' सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 07:32:32 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ। सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने जनाइएको छ। 

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने रिलायन्स लाइफले जनाएको छ। 

रिलायन्स लाइफकाअनुसार यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । 

यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ ।  

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved