महालक्ष्मी लाईफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 01:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागितामा कार्तिक ५ र ६ गते सम्मेलन सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो । 

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको "National Business Meet-2078" राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए । त्यसै गरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गरेका थिए  भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरेका थिए । 

सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान  गरेका छन् । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो । बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ-आफ्नो क्षेत्रमा " युवा संग - महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले "युवा संग- महालक्ष्मी लाईफ" कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved