सूर्या लाइफ इन्स्योरेन्सको लोगो परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 02:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 सूर्या लाइफ इन्स्योरेन्स  Surya Life Insurance Company  ले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ  । कम्पनीले नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका  साथ सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यले नयाँ लोगो सार्वजनिक गरेको जनाएको छ । कम्पनीले आफ्नो मुल नारा “सर्वे भवन्तु सुखिनः” रहने उल्लेख गरेको छ । 

नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले संयुक्तरुपमा अनावरण गरेका हुन् । 

कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरेका छन्। त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित÷सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

 बीमा बिज्ञ तथा कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे । उनले भने 'जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई पिल्लर अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् , सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ का साथ सुभारम्भ गरेको छ । '

   झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्ने र कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको बिशिष्टिकरणका लागि टेक्नोलोजी  र  updated Management Philosophy को प्रयोगबाट गति दिने योजना रहेको  बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पवन कुमार खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेकोले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको बताए । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरे।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved