पुनर्बीमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 02:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल पुनर्बीमा कम्पनीका नव नियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले पद तथा गोपनियताको सपथ लिएका छन्।  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज शुक्रबार उनलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्  ।

 बीमा समितिका अध्यक्ष सिलवालले बीमा उद्योगमा बीमा क्षेत्रकै विज्ञको प्रवेश भएकोमा खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। अध्यक्ष घिमिरेले आफ्नो अध्ययन, अनुभव र क्षमता अनुसार कार्य गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् 

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. घिमिरेले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको थियो। कम्पनीमा नेपाल सरकारको ४४.०३ प्रतिशत स्वामित्व रहेकोले नेपाल सरकारले नै अध्यक्ष नियुक्त गर्दै आएको छ । बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बीमा विज्ञको रुपमा परिचित छन् । उनी हाल पोखरा विश्वविद्यालयमा प्राध्यापकको रुपमा कार्यरत छन्।  

सपथ ग्रहण कार्यक्रममा  बीमा कम्पनीका संचालक नवराज मुडवारी, कम्पनी सचिव विष्णु प्रसाद उपाध्यय, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी , सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी लगायतको उपस्थिति थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved