महालक्ष्मी लिडर्स समिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 03:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले पोखराको ल्याण्डमार्क होटलमा "महालक्ष्मी लिडर्स समिट-२०७८" सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ। मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुने र नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिईएको कम्पनीले जनाएको छ।

निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना बृद्धिको लागि "युवा संग-महालक्ष्मी लाईफ" कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्‍याउने निर्णय समेत गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रबन्धक सिताराम धिमालले संचालन गर्नु भएको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved