सुर्या लाइफद्वारा २५ अभिकर्ता र २५ एजेन्सी मेनेजर सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 03:42:37 PM मा प्रकाशित

laxmi  sunrise bank

यस सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता, एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानमा आयोजना गरको भेला सम्पन्न गरेको छ ।

पोखरामा आयोजित भेलाको पहिलो दिन शाखा कार्यालयका प्रमुख, विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई बिशेष तालिम प्रदान गरिएको छ । तालिममा बीमा बिज्ञ तथा कम्पनीका संचालकसमेत रहेका विवेक झाले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी तालिम तथा अभिप्रेरणा प्रदान गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले मानव संशाधन तत्व अर्थात जनशक्ति कुनैपनि ब्यवसायको मेरुदण्ड रहेकोले विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई आफ्नो कार्यदक्षता कायम राख्न स्वअध्ययन र बिशेष तयारीका साथ आफ्ना मातहतका कर्मचारी तथा अभिकर्ताहरुलाई नियमितरुपमा तालिम तथा उत्प्रेरणा दिन आवश्यक रहेको बताए । 

कार्यक्रममा आ.ब. २०७७÷०७८ का उत्कृष्ट २५ अभिकर्ता, उत्कृष्ट २५ एजेन्सी मेनेजर र २०२०÷२०२१ मा एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved